
बाइबल सत्य हो
“बाइबल सत्य हो” भन्ने प्रचार शृङ्खला पस्टर शिन-चान ख्वानद्वारा प्रस्तुत गरिएको हो । उहाँले बाइबलका वचनहरूद्वारा सुसमाचारलाई अनुभूती गरी नयाँ गरी जन्मउनुभयो र त्यसपछि प्रमाण दिनुभयो कि बाइबल साँच्चै सत्य हो । बाइबलको गहिरो अध्ययनमार्फत, उहाँले यी प्रचारहरूमा प्रष्ट रूपमा बताउनुभयो कि मानव इतिहास अगमवाणीद्वारा र ती पुराभएर अघि बढिरहेको हो, र हाम्रो समयमा भइरहेका घटनाहरूको प्रकाशमा बाइबल सत्य छ भनेर सिद्ध गर्नुभयो । तीस वर्षभन्दा बढी समयदेखि “बाइबल सत्य हो” कार्यक्रमले संसारभरिका मानिसहरूलाई परमेश्वरको महान् योजना र येशू ख्रीष्टको प्रेम बुझ्न मद्दत गर्दै आएको छ, जसले धेरैलाई बाइबलको सत्यता अनुभव गर्न डोऱ्याउदै छ ।
1
2
3
4
5
6
7
8