
हामी को हौं
द वर्ड फोरम एक गैर-नाफामूलक र गैर-सम्प्रदायिक संस्था हो, जुन बाइबल अध्ययनलाई बढावा दिने उद्देश्यले गठन गरिएको छ।
हामी के गर्छौं
बाइबलीय अनुसन्धानको लागि अन्तरविषय दृष्टिकोण प्रयोग गर्दै, हामी बाइबलको सटीक बुझाइमा ध्यान केन्द्रित गर्छौं।
हाम्रा अनुसन्धानका निष्कर्षहरू विश्वभर व्याख्यानहरू, फोरमहरू, सेमिनारहरू, शैक्षिक कार्यक्रमहरू, प्रकाशनहरू, सम्मेलनहरू र अनलाइन प्लेटफर्महरू मार्फत साझा गरिन्छ।
हामी हाम्रा वक्ताहरू, सल्लाहकारहरू र प्रकाशनहरूद्वारा संसारभरका मिसनरी गतिविधिहरूलाई पनि समर्थन गर्छौं।
अनुसन्धान
द वर्ड फोरममा, हामी बाइबलको अझ सटीक र गहिरो बोध विकास गर्न इतिहास र भाषाविज्ञानको अध्ययन गर्दछौँ।.
हाम्रो अनुसन्धानमा बाइबलका विभिन्न अनुवादहरूको सावधानीपूर्वक विश्लेषण, र बाइबलीय टिप्पणीहरू, तालमेल, शब्दकोश, नक्सा र चार्टजस्ता पर्याप्त स्रोतहरूको प्रयोग समावेश गरी- यी सबैले पवित्रशास्त्रको हाम्रो व्याख्या र बुझाइलाई अर्थपूण बनाउँछन्।
बाइबलको ऐतिहासिक सन्दर्भमा हाम्रो अन्तरदृष्टिलाई गहिरो बनाउनको लागि, हाम्रो निरन्तर अध्ययनको भागको रूपमा संग्रहालयहरू, पुस्तकालयहरू र अन्य अभिलेख स्रोतहरूमा पाइने सामग्रीहरू पनि अन्वेषण गर्छौं।

शिक्षा

द वर्ड फोरमले शिक्षकहरू र युवा विद्यार्थीहरू दुबैका लागि बाइबलीय शिक्षामा बलियो जोड दिन्छ।
To support this mission, it established Ezra — a dedicated division focused exclusively on teacher education and operating as a “doing business as” (dba) entity of The Word Forum.

बाइबलीय अध्ययनमार्फत, द वर्ड फोरमले एज़्रा शिक्षकहरूसँग घनिष्ठ रूपमा कार्य गर्छ, उहाँहरूको समझलाई गहिरो बनाउन र त्यो ज्ञानलाई अर्को पुस्तासम्म प्रभावकारी रूपमा हस्तान्तरण गर्न ।
किनकि एज्राले परमप्रभुको व्यवस्था अध्ययन गर्न र पालन गर्न, र इस्राएलमा धर्म-विधि र धार्मिक शिक्षा सिकाउन आफैलाई समर्पण गरेका थिए।
एज्रा ७:१०
अनुवाद
अनुवाद

हाम्रो वेबसाइट र युट्युब च्यानलहरू मार्फत ३० भन्दा बढी भाषाहरूमा बाइबलीय सामग्रीको अनुवाद द वर्ड फोरमले प्रदान गर्दछ।
हाम्रो वेबसाइट र युट्युब च्यानलहरू मार्फत ३० भन्दा बढी भाषाहरूमा बाइबलीय सामग्रीको अनुवाद द वर्ड फोरमले प्रदान गर्दछ।
हाम्रा अनुवादकहरू बाइबलीय गहिरो बुझाइ विस्तार गर्ने र सुसमाचारलाई पृथ्वीको छेउसम्म पुर्याउने हाम्रो उद्देश्यको भागस्वरूप, व्याख्यानहरू, पुस्तकहरू, र सुसमाचार सम्बन्धी समाचारहरूजस्ता मौलिक सामग्रीहरूको शुद्धता र सम्पूर्णता जोगाइराख्न प्रतिबद्ध छन् ।

वितरण
बाइबल सम्मेलनहरू
द वर्ड फोरमले चार विश्वव्यापी क्षेत्रहरूमा आयोजित सम्मेलनहरू मार्फत बाइबलका शिक्षा र सन्देशहरू साझा गर्दछ।
प्रत्येक वर्ष, हामी बाइबलका विभिन्न पक्षहरूलाई सम्बोधन गर्ने विभिन्न व्याख्यानका ढाँचाहरू समेटेका सम्मेलनहरू आयोजना गर्छौं। यी सम्मेलनहरू ऋतुगत रूपमा सम्पन्न हुन्छन्—वसन्त ऋतुमा ल्याटिन अमेरिकामा, गर्मीमा दक्षिण कोरियामा, शरद ऋतुमा युरोपमा, र जाडोमा उत्तर अमेरिकामा।
बाइबल सेमिनारहरु
द वर्ड फोरमले विश्वव्यापी रूपमा बाइबल सेमिनारहरू आयोजना गर्दछ जसले बाइबलको शिक्षा र सन्देश व्यापक जनसमुदायमा साझा गर्दछ।
यी सम्मेलनहरूले सहभागीहरूलाई बाइबलको वास्तविक उद्देश्य र सन्देशलाई स्पष्ट रूपमा बुझ्नको लागि खुला र विचारशील वातावरणमा अर्थपूर्ण अवसर प्रदान गर्छन्।
तपाईंको सहयोग महत्त्वपूर्ण छ
द वर्ड फोरममा तपाईंको उदार योगदानले , तपाईं हाम्रो लक्ष्य हासिल गर्न हामीलाई सहयोग गर्दै हुनुहुन्छ।
द वर्ड फोरममा तपाईंको उदार योगदानले , तपाईं हाम्रो लक्ष्य हासिल गर्न हामीलाई सहयोग गर्दै हुनुहुन्छ।
दान गर्नुहोस्

